मलेसियामा दुई नेपालीमा कोरोना संक्रमण

Posted on: 22 Nov, 2020

मंसिर ७, काठमाडौँ | शुक्रबार मलेसियामा दुई जना नेपालीमा कोरोना संक्रमण देखिएको छ | मलेसियामा जम्मा ९ सय ५८ व्यक्तिमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको हो | मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित मध्ये सवैभन्दा धेरै सवाहमा भेटिएका छन् । सवाहमा ५ सय १२ जना संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ |

मलेसियाका स्वास्थ्य निर्देशक डा. नुर हिसाम अव्दुल्लाहले नियमित प्रेस ब्रिफिंगका क्रममा सवाहपछि सेलंगरमा सवैभन्दा बढी संक्रमित भेटिएको बताए । मलेसियामा हालसम्म ३ सय २९ जनाको कोभिडका कारण ज्यान गइसकेको छ |

हालसम्म मलेसियामा ५२ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ जसमध्ये १३ हजार २ सय २१ जना सकृय संक्रमित रहेका छन् । अन्य निको भइसकेको मन्त्रालयको तथ्यांक छ | स्थानीय संचारमाध्यमका अनुसार,विदेशी संक्रमित मध्ये दुईजना नेपालबाट आएका तथा एक एकजना अमेरिका, फ्रान्स तथा म्यानमारका नागरिक रहेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!