कोरोना भाइरस विरुद्धको भ्याक्सिनमा सफलता,प्रयोग अनुमतिका लागि निवेदन

Posted on: 22 Nov, 2020

मंसिर ७, काठमाडौं | विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड -१९ )बिरुद्धको खोप फाइजर र उसको जर्मनी सहयात्री वायोएनटेकले  प्रयोगका लागि अनुमति माग्दै अमेरिकामा आवेदन दिएका छन् | 

शुक्रबार खोप निर्माण कम्पनीले सम्पूर्ण रुपमा खोप प्रभवकारी भएको भन्दै प्रयोगका लागि अनुमति मागेको हो | विश्वमा कोरोनाको कहर कायमै रहेका बेला उक्त खोप निर्माणले महत्वपूर्ण सफलता प्राप्त गरेको बताइएको छ |

उक्त खोप प्रयोग गर्न सुरक्षित छ कि छैन भन्ने निर्णय अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले गर्नेछ । एफडिएबाट अनुमति प्राप्त गरेमा औषधिको प्रयोगका लागि सुरक्षित मानिने छ | उक्त खोपको परीक्षणसम्बन्धी तथ्याङ्क अध्ययनका लागि एफडीएले कति समय लगाउँछ भन्ने स्पष्ट छैन । यद्यपि अमेरिकी सरकारले डिसेम्बर महिनाको मध्यसम्ममा खोपलाई स्वीकृति दिने  बताएको छ |

अन्तिम चरणका परीक्षणका तथ्याङ्कले ६५ वर्ष उमेरमाथिका मानिसलाई खोपले ९४ प्रतिशत जोगाउने देखाएको छ । बेलायतले उक्त खोपको ४ करोड मात्रा मगाइसकेको छ | एफडीएले डिसेम्बरको आधासम्ममा स्वीकृति दियो भने फाइजर र बायोएनटेक ‘केही घण्टाभित्रै खोप वितरण गर्न तयार’ भएको उनीहरूको भनाइ छ |

फाइजरका प्रमुख कार्यकारी अधिकृत अल्बर्ट बुर्लाले आकस्मिक प्रयोगका लागि दिइएको आवेदन ‘विश्वलाई कोभिड–१९ को खोप दिने यात्रामा यो एउटा कोसेढुङ्गा’ भएको बताएका छन् | चीनमा तयार भएको कोरोनाको खोप समेत १० लाख बढीमा लगाइएको छ । सिनोभ्याक नाम दिइएको उक्त खोपको नजिता समेत सकारात्मक आएको बताइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!