जम्मु काश्मिरमा भेटियो आतंकवादीहरुले प्रयोग गर्ने यस्तो सुरुङ

Posted on: 23 Nov, 2020

मंसिर ८, एजेन्सी | भारत र पाकिस्तानबीचको सीमामा १५० मिटर लामो सुरुङ भेटिएको छ | जम्मु काश्मिरको सांबा जिल्लामा  चरमपन्थीहरुले प्रयोग गर्ने उक्त सुरुङ भेटिएको हो | भारतीय बिएसएफका जवानहरुले गस्ती गर्ने क्रममा सीमामा १७९ नम्बर पिल्लरको छेउमा उक्त सुरु भेटेको बताएका छन् |

अन्तर्राष्ट्रिय सीमा क्षेत्र सुरुङ भेटिनुले  पाकिस्तानी सेनाले आतंकवादीहरुलाई मद्दत गरिरहेको बिएसएफका आइजी एनएस  जामवालको भनाई छ | नले बिहीबार भएको नगरोटाको भीडन्तका क्रममा उनीहरुले यो सुरुङ प्रयोग गरेका हुनसक्ने बताए |

जम्मुको नगरोटाको भीडन्तमा भारतीय सुरक्षाकर्मीहरुको आक्रमणमा परेर ४ जनाको मृत्यु भएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!