ट्विटर, फेसबुकले राष्ट्रपतीय अकाउन्ट बाइडेनलाई हस्तान्तरण गर्ने

Posted on: 23 Nov, 2020

मङ्सिर ८, काठमाडौँ | अमेरिका लागि नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई  ट्विटर  र फेसबुकले राष्ट्रपतिको खाता हस्तान्तरण गर्ने बताएका छन् |  राष्ट्रपतिको खाता  (@POTUS) को नियन्त्रण जनवरी २० मा जो बाइडेनलाई हस्तान्तरण गर्ने बताएको हो |

ट्विटर र फेसबुक दुवैको (@POTUS) अकाउन्ट  अमेरिकी राष्ट्रपतिको आधिकारिक अकाउन्ट हो | जसलाई डोनाल्ड ट्रम्पले आफ्ना पोस्टहरु लेख्न प्रयोग गर्दछन् | ‘ट्विटरले २० जनवरी, २०२१ मा ह्वाइट आउसको संस्थागत खाता हस्तान्तरणका लागि सक्रियतापूर्वक तयारी गरिरहेको बताएको छ |

हामीले २०१७ मा पनि राष्ट्रपति परिवर्तनका क्रममा यस्तै गरेका थियौँ, यो प्रक्रिया राष्ट्रिय अभिलेख र पहिलेका रेकर्डका साथ घनिष्ठ परामर्शका साथ भइरहेको छ’, कम्पनीले समाचार संस्था रोयटर्ससँग भनेको छ |

ट्विटर, फेसबुकले अन्य संस्थागत ह्याण्डलहरु - ह्वाइट हाउस, उपराष्ट्रपति र पहिलो महिलाका लागि पनि उद्घाटन दिवसमा हस्तान्तरण गर्ने बताएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!