विश्वकै शक्तिशाली राष्ट्रपति पद र जिम्मेवारी कसरी हस्तान्तरण हुन्छ ?

Posted on: 27 Nov, 2020

मंसिर १२, काठमाडौँ | विश्वकै शक्तिशालि मानिएको राष्ट्र अमेरिकाको राष्ट्रपति निर्वाचनमा पदासीन राष्ट्रपति डोनल्ड ट्रम्प जो बाइडनसँग पराजित भएपनि हाल सम्म स्वीकारेका छैनन् | निर्वाचनमा धाँधली  भएको बताएका उनीहरुले मतपरिणामालाई कानुनी चुनौती  समेत दिएका छन् |

याद्दपी पछिल्लो समय ट्रम्पले सत्ता हस्तान्तरणको औपचारिक प्रक्रिया सुरु गर्नुपर्ने कुरा स्वीकार गरिसकेका छन् | 

यस्तो छ हस्तान्तरण प्रक्रिया 

नयाँ राष्ट्रपतिको निर्वाचनसंगै यो एउटा प्रशासनबाट अर्कोलाई महत्त्वपूर्ण सूचना र कर्तव्यहरूको हस्तान्तरण हो | जसकारण निर्वाचित राष्ट्रपति  ह्वाइट हाउसमा पुगेपछि  उक्त प्रक्रिया अघिबढाइन्छ | सरकारी निकाय जेनरल सर्भिसेस एड्मिनिस्ट्रेशन (जीएसए) ले आउँदो प्रशासनलाई सहयोग गर्छ | उसले कोष उपलब्ध गराउँछ र कार्यालय, प्रविधि र उपकरण जस्ता कुराहरू सहयोग गर्छ |

राष्ट्रपतिय निर्वाचनमा कसले जित्यो भन्ने प्रष्ट भिसकेपछि ज्यानुअरी २० मा नयाँ राष्ट्रपतिले औपचारिक रूपमा सत्ता सत्तारोह गर्दासम्म सकिन्छ | त्यो केवल एउटा पदको हस्तान्तरण मात्र  नभई नयाँ राष्ट्रपतिले ४,००० राजनीतिक पदहरू पूर्ति गर्नुपर्ने सेन्टर फर प्रेजिडेन्शल ट्रान्जिशनले जनाएको छ |

यो अवधिमा कर्मचारी निर्धारण, विषयगत जानकारी प्रदान र राष्ट्रपति निर्वाचितको व्यस्त तालिकाको निर्धारण गरिन्छ | औपचारिक रूपमा हस्तान्तरण सुरु भएपछि त्यो राष्ट्रपति निर्वाचितको समूहद्वारा त्यो प्रक्रिया अघि बढ्छ जसको पूरै चुनावी अभियानभरि तयारी गरिरहेको हुन्छ |

चुनावअघि सबै प्रमुख राष्ट्रपतीय उम्मेदवारले राष्ट्रिय सुरक्षाका केही सूचनाहरू पाउँछन्। तर राष्ट्रपति पदममा निर्वाचित उम्मेदवारलाई दिन थालिएपछि जस्तो त्यो नियमित र विस्तृत हुँदैन | बाइडनले अब दैनिक जानकारी पाउनेछन्। त्यसमा भविष्यमा आउन सक्ने जुनसुकै विषयमा नयाँ प्रशासनलाई तयार राख्ने सुनिश्चितताको निम्ति निश्चित गुप्तचर सूचनाहरू पनि पर्छन्  |

बाइडनले प्रमुख सदस्यहरू नियुक्त गर्न थालिसकेका छन्। हस्तान्तरण प्रक्रियाले प्रत्येक सरकारी निकायका प्रमुखलाई उनीहरूले गर्नुपर्ने आवश्यक भूमिका पहिल्याउन सहयोग गर्छ। सरकारी अधिकारीहरूसँगको छलफलका साथै हस्तान्तरण समूहले सामान्यतया राष्ट्रपति-निर्वाचित र विदेशी नेताहरूबीच संवादको आयोजना गर्न विदेश मन्त्रालयसँग समन्वय गर्छ।

अहिलेसम्म बाइडनको समूहले अनौपचारिक संयन्त्रमार्फत् सम्पर्क गरेको छ। अब भने सरकारी इमेल र सुरक्षति संयन्त्रमा पहुँच हुनेछ।

राष्ट्रपति-निर्वाचित उम्मेमदवारको दम्पतीलाई ह्वाइट हाउसको भ्रमण गराएर त्यहाँको आन्तरिक साजसज्जाबारे उनीहरूको रुचिबारे सोध्ने गरिन्छ। तर त्यो कानुनी प्रावधानभन्दा पनि परम्परा हो | स्रोत :बिबिसी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!