नाइजेरियामा खेतमा काम गरिरहेका ४३ मजदुरको रेटेर हत्या

Posted on: 30 Nov, 2020

मंसिर १५, काठमाडौँ | नाइजेरियामा शनिबार भएको एक हमलामा कम्तीमा ४३ को मृत्यु भएको छ | स्थानीय संचारमाध्यमहरुले जनाएअनुसार,हमलाकर्ताले धानको खेतमा काम गरिरहेका मजदुरलाई बाँधेर उनीहरुको घाँटी रेटेका छन् |

 राजधानी मेडूगरी नजिकै भएको उक्त हमलामा बोको हरम र इस्लामिक स्टेट पश्चिम अफ्रिकासँग सम्बन्धित चरमपन्थी सक्रिय रहेको बताइएको छ | पछिल्लो केहि महिनामा भएको हमला मध्ये यो विभत्स हमला हो | हालसम्म कुनै पनि संगठनले यो हमलाको जिम्मेवारी लिएको छैन |

मिहिनेती मजदुरमाथि गरिएको हत्याको जति निन्दा गरेपनि कम हुने राष्ट्रपति मोहम्मदू बुहारीले बताएका छन् | अहिले सम्म ४३ शव भेटिएको र ति सबै व्यक्तिको घांटी रेटेर हत्या गरिएको समाचार संस्था  एएफपीले लेखेको छ | 

केहि मजदुर गायब पनि गरिएको जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!