अमेजनको जंगलमा १२ वर्ष यताकै वन फडानी

Posted on: 01 Dec, 2020

मंसिर १६, काठमाडौँ | ब्राजिलको अमेजन जंगलमा १२ वर्ष यताकै उच्च बन फडानी भएको छ | सन् २००८ यताकै सबैभन्दा तीव्र दरमा वन फडानी भइरहेको स्पेस एजेन्सी (इन्पे) ले बताएको हो |

अगस्त २०१९ देखि जुलाई २०२० सम्म कूल ११ हजार ८८ वर्ग किलोमिटर वन क्षेत्र नष्ट गरिएको थियो | यो गत वर्षको तुलनामा ९.५ प्रतिशतले बढी हो |

विश्वकै महत्वपूर्ण कार्बन स्टोर मानिएको अमेजनको जंगलले जलवायु परिवर्तन र विश्वको तापक्रम बढ्नबाट रोक्न मद्दत गर्दछ | सन् २०१९ को जनवरीमा जेयर बोल्सोनारोले राष्ट्रपतिको कार्यभार सम्हालेपछि तीव्र गतिमा वन फडानी भइरहेको  वैज्ञानिकहरुले बताएका छन् |

 सन् २०१८ मा ७ हजार ५३६ वर्ग किलोमिटर क्षेत्र वन क्षेत्र नष्ट गरिएको थियो | यसअघि, ब्राजिलले वन फडानीको दरलाई सन् २०२० सम्म ३ हजार ९०० वर्ग किलोमिटरमा झार्ने लिएपनि बोल्सोनारोले भने वन फडानीलाई प्रोत्साहित गर्दै वातवरणीय कानुनहरु लागु गर्ने सरकारी संस्थाको बजेट कटौति गरेका छन् |

एमेजनमा ३० लाखभन्दा बढी प्रकारका वनस्पति र जनवारहरु पाइन्छ भने १० लाखभन्दा आदिवासीहरु बस्दछन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!