रसायनिक हतियार नष्ट गर्न संयुक्त राष्ट्रसंघको आग्रह

Posted on: 01 Dec, 2020

मंसिर १६, काठमाडौँ | संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले रासायनिक हतियारको अन्त्य गर्न आग्रह गरेका छन् | उनले विश्वलाई नै हतियार विहिन बनाउन आग्रह गरेका हुन् |

सायनिक हतियारबाट पीडितहरुको स्मृति दिवसका अवसरमा सन्देश प्रकाशित गर्दै उनले यसको प्रयोग कहिल्यै, कहिँ, कुनै पनि बाहनामा वा कुनै पनि अवस्थामा ठिक नभएको बताएका छन् | रासायनिक हतियारको प्रयोगले अन्तर्राष्ट्रिय कानुनको उलङ्घन गरेको बताउंदै,कुनै पनि तरिकाबाट रासायनिक हतियारको प्रयोगलाइ ठिक मान्न नसकिने उनले बताए |

उक्त हतियारको प्रयोगलाई कहिल्यै पनि सहज र स्वभाविक रुपमा लिन नहुने धारणा व्यक्त गरे | राष्ट्रसंघीय प्रमुखले रासायनिक हतियारको प्रयोग स्वीकार्य हुन नसक्ने स्पष्ट समेत परेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!