२७५ यात्रुसहितको इमिरेट्स एयरलाइन्सको विमान दुवईमा दुर्घटनाग्रस्त, बिमानस्थल अनिश्चितकालका लागि बन्द

Posted on: 03 Aug, 2016

साउन १९, काठमाडौं । दुवई एयरपोर्टमा इमिरेट्स एयरलाइन्सको विमान बुधबार दुर्घटनाग्रस्त भएको छ । 

२७५ यात्रु र चालकदलका सदस्य रहेको जहाजमा दुवई एयरपोर्टमा आकस्मिक अवतरण गर्नुअघि आगो लागेको थियो । स्थानीय समय अनुसार बुधबार दिउँसो पौने १ बजे दुवई एयरपोर्टमा ल्याण्ड गरे लगत्तै विमानस्थलको आकाशमा बाक्लो कालो धुवाँ मडारिएको देखिएको बताइएको छ ।

भारतको केरलास्थित त्रिभेन्द्रम एयरपोर्टबाट उडान भरेको विमानको ल्याण्डिङ गियरले काम नगरेको  बताइएको छ ।

तर विमानमा भएका सबै यात्रुहरुलाई सकुशल बाहिर निकालिएको अन्तरास्ट्रिय संचारमाध्यमले जनाएका छन् । दुवईको सरकारी सञ्चारमाध्यमका अनुसार कुनै पनि यात्रुहरु घाइतेसमेत भएका छैनन् ।

दुवई बिमानस्थलका सबै उडान तथा अवतरण अनिश्चितकालका लागि बन्द गरिएको दुवई बिमानस्थलले जनाएको छ ।  -एजेन्सीको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!