कोरोनाको नयाँ प्रकार : एक हप्तामा मात्रै ९३ हजारको मृत्यु, कति देशमा फैलियो ?

Posted on: 20 Jan, 2021

माघ ७, काठमाडौँ । बेलायतबाट सुरु भएको कोरोना भाइरसको नयाँ प्रकार विश्वका ६० देशमा पुगेको छ । पछिल्लो एक हप्तामा मात्रै उक्त भाइरसको प्रकार विश्वका १० वटा देशमा पुगेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । 

कोरोनाभाइरस बिरुद्धको खोप प्रयोगमा आएपनि नयाँ प्रकारको भाइरसको संक्रमण भने तिब्ररुपमा फैलीरहेको अधिकारीहरुले बताएका छन् ।  विश्व स्थास्थ्य संगठनका अनुसार गएको एक हप्ताभित्रमा मात्र करिब ९३ हजार व्यक्तिको उक्त भाइरसका कारण मृत्यु भएको छ ।   

एक सात भित्रमा विश्वमा कोरोना भाइरसका थप ४७ लाख जति सङ्क्रमितहरु थपिएका छन् । आगामी अगष्ट महिनाको अन्तिम सम्ममा विभिन्न युरोपेली देशहरुका करिब ७० प्रतिशत नागरिकलाई यो खोप दिइने युरोपेली युनियनले आफ्नो तथ्यांकमा भनेको छ । 

नेपालमै पनि बेलायतबाट आएका तिन जनामा नयाँ स्वरुपको कोरोना पुष्टि भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!