भारतको उत्तराखण्डकी एकदिने मुख्यमन्त्री बन्दै सृष्टि गोस्वामी

Posted on: 24 Jan, 2021

माघ ११, देहरादून । भारतको हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि गोस्वामी उत्तराखण्डकी एकदिने मुख्यमन्त्री हुने भएकी छिन् । २४ जनवरी (आज) मा राष्ट्रिय बालिका दिवसको अवसरमा उनलाई उत्तराखण्डको एक दिने मुख्यमन्त्री बनाइने भएको हो ।

उनी उत्तरखण्डकी पहिलो महिला मुख्यमन्त्री हुनेछिन् । यद्यपि, यो प्रतिकात्मक हुनेछ र उनी बाल विधानसभा सत्रमा मुख्यमन्त्रीको रुपमा सरकारका विभिन्न विभागका कार्यको जानकारी लिनेछिन् । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिहं रावत पनि यो कार्यक्रममा सहभागि हुनेछन् ।

 उत्तराखण्ड विधानसभाको भवनको एक सभाघरमा आइतबार यो कार्यक्रम दिउँसो १२ बजेदेखि ३ बजेसम्म कार्यक्रम आयोजना हुने छ । महिलाको सशक्तिकरणको विषयमा जागरुकता फैलाउ उनलाई उत्तराखण्ड सरकारको तर्फबाट सृष्टिलाई एक दिनको मुख्यमन्त्री बनाउन पहल भएको उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष ऊषा नेगीले बताइन ।

सृष्टिले  मुख्यमन्त्री बन्ने अवसर पाएकोमा निकै खुसी भएको बताएकी छिन् । बीएससी एग्रीकलचरकी विद्यार्थी सृष्टिका पिता गाउँमा नै एक पसल चलाउँछन् र उनकी आमा आंगनबाडी कार्यकर्ता हुन् । यी दुबैले आफ्नी छोरीले पाएको यो अवसरका लागि उत्तराखण्डका मुख्यमन्त्रीप्रति आभार  जनाएकी छिन्।-एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!