जापानले ल्यायो कोरोनाविरुद्ध नयाँ खोप

Posted on: 14 Feb, 2021

फागुन २, काठमाडौँ । जापानले आफ्नो पहिलो कोरोना बिरुद्धको खोपलाई प्रयोग अनुमति दिएको छ । स्वास्थ विभागले यसअघि नै फाइजर खोपलाई प्रयोगका लागि अनुमति दिएको थियो । शुक्रबार एक सरकारी संयन्त्रले स्वदेशी खोप प्रयोगमा ल्याइएको घोषणा गरेको हो ।

परीक्षणको अन्तिम नतिजाले यो खोप प्रभावकारी रहेको देखाएको बताइएको छ । अबको केहि दिनमै जापानमा खोप अभियान चलाइने जापानले जनाएको छ । सन् २०१९ को डिसेम्बरमा चिनको वुहानबाट सुरु भएको कोरोना भाइरस विश्वभरी नै फैलिसकेको छ । 

पछिल्लो समय यता अमेरिकाका ४४ राज्यमा अहिलेसम्म नयाँ स्वरुपको कोरोना भाइरस देखिएको छ । उक्त भाइरस१ हजारभन्दा धेरै संक्रमण भइसकेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का अनुसार यसमध्ये ९ सय ८१ जना बेलायतबाट फैलिएको कोरोनाको नयाँ स्वरुपबाट ग्रस्त छन् । 

 त्यस्तै, १३ जनामा दक्षिण अफ्रिका र ३ जनामा ब्राजिलबाट फैलिएको नयाँ स्वरुपको कोरोना देखिएको छ । एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!