म्यानमारको सेनाले गर्यो नयाँ कानूनको घोषणा,प्रदर्शन गर्नेलाई २० वर्षको कैद

Posted on: 15 Feb, 2021

फागुन ३, काठमाडौँ । म्यानमारको सेनाले नयाँ कानुन घोषणा गरेको छ । उसले सैन्य ‘कू’ को विरोध गर्नेहरुलाई २० वर्षको कैद सजाय सहितको कानुन घोषणा गरेको हो । यसरी सेनामाथि अवरोध पुर्याउनेलाई जेल सजाय हुने भएको हो ।

यसअघि म्यानमारको सेनाले सत्ताकब्जा गरेर एक बर्षका लागि संकटकाल घोषणा गरेको थियो । म्यानमारका विभिन्न शहरमा सेनाका बख्तरबन्द गाडी देखिएका बेला त्यहाँको कानूनमा परिवर्तन भएको घोषणा गरिएको छ ।

आङ सान सुकीलगायत नेताहरुलाई रिहा र प्रजातन्त्र पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गररहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!