अमेरिकामा उड्दै गरेको विमानमा आगलागी

Posted on: 21 Feb, 2021

फागुन ९, काठमाडौँ । अमेरिकाको बोइङ जेट विमानको इञ्जिन बिग्रिँदा आगलागी भएको छ । डेनभरबाट होनोलुलुका लागि उडेको बोइङ ७७७ विमानको इञ्जिनमा आगो लागेको हो । आगलागीपछि इञ्जिनको केही भाग टुक्राटुक्रा भएर जमिनमा झरेको संचारमाध्यमहरुले जनाएका छन् । 

बीबीसीका अनुसार आगलागीबाट इञ्जिनको केही भाग जमिनमा झरे पनि विमानलाई सकुशल रुपमा डेनभर विमानस्थलमा अवतरण गराइए छ । विमानमा चालक दलका १० सदस्यसहित २३१ यात्रु रहेका थिए । उनीहरु सबै सुरक्षित रहेका रहेका छन् । 

इञ्जिनमा समस्या आएपछि विमान चालकले नआत्तिकन बस्न यात्रुलाई आग्रह गरेका थिए । उनले डेनभरको विमानस्थलको एयर ट्राफिक कन्ट्रोलमा सम्पर्क गरेर सहयोग मागेका थिए । घटनाको अनुसन्धान हुने विमान कम्पनीले जनाएको छ ।बिबिसी

यस बिषयमा तपाइको प्रतिक्रिया...!