जमाल खसोग्जीको हत्या गर्ने योजनालाई साउदी युवराजले स्वीकृति दिएको खुलासा

Posted on: 28 Feb, 2021

फागुन १६, काठमाडौँ । सन् २०१८ मा साउदी  युवराज मोहम्मद बिन सलमानले निर्वासनमा रहेका पत्रकार जमाल खसोग्जीको हत्याको स्वीकृति दिएको पाइको छ । बाइडन प्रशासनले सार्वजनिक गरेको अमेरिकी गुप्तचर निकायको रिपोर्टले यस्तो देखाएको हो।

युवराजले खसोग्जीलाई पक्राउ गर्न वा हत्या गर्ने योजनालाई स्वीकृति दिएको खुलेको छ । साउदी अरेबियाले भने उक्त रिपोर्टलाई झुटो भन्दै अस्वीकार गरेको छ । अमेरिकाले दर्जनौँ साउदीहरूमाथि प्रतिबन्ध लगाएको छ तर युवराजलाई भने लगाएको छैन।

खसोग्जी इस्तानबुलमा रहेको कन्सुलेट भ्रमण गर्दा टर्कीमा हत्त्या गरिएको थियो । ५९ वर्षीय पत्रकार खसोग्जी कुनैबेला साउदी सरकारका सल्लाहकार थिए र राज परिवारसँग निकट थिए। तर पछि उनी टाढिए र स्व-निर्वासनमा सन् २०१७ मा अमेरिका पुगेका थिए ।बिबिसी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!