न्युजिल्यान्डमा शक्तिशाली भूकम्प,सुनामी आउन सक्ने चेतावनी

Posted on: 05 Mar, 2021

फागुन २१,एजेन्सी । बिहिबार न्युजिल्यान्डमा शक्तिशाली भूकम्प गएको छ । जिस्बन शहरबाट करिब १७८ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।

भूकम्पबाट भएको क्षेतीको विवरण भने आएको छैन । ७.२ रेक्टर स्केलको भूकम्प गएको समाचार एजेन्सी रोयटर्स र एपीले जनाएका छन् । भूकम्पलगत्तै न्युजिल्याण्डको राष्ट्रिय आपतकालीन प्रबन्धन एजेन्सीले शक्तिशाली भूकम्प गएको भन्दै सुनामी आउन सक्ने चेतावनी दिएको छ।

समुद्री तटमा रहेका व्यक्तिहरुलाई सुरक्षित स्थानमा सर्न भनेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!