सुडानको डारफोरमा ४० जनाको हत्या

Posted on: 06 Apr, 2021

चैत २४, काठमाडौँ । दक्षिणी सुडान राज्यको राजधानी डारफरनजिकैरहेको एल जेनेइना भन्ने स्थानमा यहाँका स्थानीय विद्रोही हतियारधारीहरु बीचमा भएका भिडन्तहरुमा परी कम्तीमा पनि ४० जनाको ज्यान गएको संयुक्त राष्ट्रसंघीय एक कार्यालयले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको मानवीय सहायता सम्बन्धी समन्वय कार्यालयले सो कुराको जानकारी दिएको छ । प्राप्त समाचारमा सो क्षेत्रमा यही अप्रिल ३ तारिखदेखि भिडन्त भएको थियो ।यहाँका स्थानीय विद्रोही समूहहरु अल मासालित र अरब ट्राइबका बीचमा सो भिडन्त भएको थियो । यस भिडन्तका कारण अरु कम्तीमा पनि ५८ जना घाइते भएका पनि बताइएको छ ।

संयुक्त राष्ट्रसंघीय मानवीयता सहायतासम्बन्धी समन्वय कार्यालय (ओचा) ले त्यस क्षेत्रमा सोमबार पनि गोली हानाहान भएको सुनिएको जनाएको छ ।सोमबार साँझतिर पनि यस्तो अवस्था रहेको बताइएको छ । त्यस क्षेत्रमा अहिले पनि ठूलो संख्याका हतियारधारीहरु जम्मा भएर आपसमा भिडन्त गरेका बताइएको छ ।

संयुक्त राष्ट्रसंघको सो कार्यालयले दक्षिणी सुडानको एल जेनियामा रहेको मानवीय सहायता वितरणको काम रोकेको छ । सो कार्यालयले सुरक्षाको अवस्था गम्भीर रहेकोले अहिलेका लागि सो क्षेत्रमा सहायता वितरणको काम रोकिएको बताएको छ ।

सो क्षेत्रमा विगतका केही महिना यतादेखि हिंसा मच्चिएको छ । विशेषगरी यी दुई जातीय समूहले आफ्ना मागको सम्बोधन हुनुपर्ने भनेर आपसमा एक अर्कामाथि हमला गर्र्दै आएका छन् ।सिन्ह्वा

यस बिषयमा तपाइको प्रतिक्रिया...!