अफगानिस्तानमा २४ घण्टामा ५९ जना मारिए

Posted on: 07 Apr, 2021

चैत २५, काबुल । द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा विगत २४ घण्टाको अवधिमा विद्रोहीहरुका क्रियाकलाप एवं भिडन्तमा परेर ५९ जनाको मृत्यु भएको छ । 

अफगान युद्धको अनुगमन गरिरहेको समूहका अनुसार विगत २४ घण्टामा आठ जना सर्वसाधारण, नौ जना सैनिक र ४२ जना तालिबानी लडाकूको ज्यान गएको छ । हिंसा न्यूनीकरण समूहले हिंसामा परेर ३० जना सर्वसाधारण, ३८ जना तालिबानी लडाकू र सात जना सुरक्षाकर्मी घाइते भएको जनाएको छ । 

समूहका अनुसार देशका १५ स्थानमा हिंसाका घटनाहरु भएका थिए ।सिन्ह्वा

यस बिषयमा तपाइको प्रतिक्रिया...!