भारतमा २४ घण्टामा २०२३ जनाको मृत्यु, २ लाख ९५ हजार संक्रमित

Posted on: 21 Apr, 2021

वैशाख ८, काठमाडौँ । भारतमा गत २४ घन्टामा कोरोना संक्रमित र मृत्यु हुनेहरुको संख्या हाल सम्मकै उच्च रहेको छ । कोरोनाका कारण २४ घन्टामा २ हजार २३ जनाले ज्यान गुमाएका छन् भने २ लाख ९५ हजार ४१ जना नयाँ संक्रमित थपिएका छन् ।

भारतमा कोरोना भाइरसको दोस्रो कहर घातक साबित भएको छ । गत वर्ष महामारी सुरु भएदेखि पहिलो पटक दुई दिनमा दुई हजार भन्दा बढी मानिसले कोरोनाका कारण ज्यान गुमाएका हुन् । हाल सम्म कोरोना संक्रमितको संख्या १ करोड ३२ लाख ६९ हजार पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

कोरोनाको दोश्रो संक्रमणदर बढ्दै गएपछि भारतमा विभिन्न प्रदेशहरुले प्रतिबन्धात्मक व्यवस्था लागु गर्न थालेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!