भारतमा अक्सिजन ट्यांक लिकहुँदा ११ जनाको मृत्यु

Posted on: 21 Apr, 2021

वैशाख ८, काठमाडौँ । भारतको महाराष्ट्र स्थित एक अस्पतालमा अक्सिजनको ट्यांक लिक हुँदा आधाघन्टा अक्सिजनको आपूर्ति बन्द भएको छ । बुधबार जाकिर हुसैन अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा अक्सिजन बन्द भएको हो ।

उक्त घटनामा अस्पतालमा अक्सिजन लिइरहेका ११ जनाको मृत्यु भएको छ भने ३५ जना विरामीको अवस्था गम्भिर रहको भारतीय संचार माध्यमले जनाएका छन् । ट्यांकबाट आउने सप्लाई पाइपमा लिकेज भएकोले अक्सिजन लिक भएको हो ।

अक्सिजनको आपूर्ति रोकिएको बेला १७१ जना बिरामी अक्सिजनमा ६७ बिरामी भेन्टिलेटरमा रहेको महानगरपालिकाका आयुक्त कैलाश जाधवले बताए । अहिले उक्त समस्या समाधान भइसकेको उनले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!