भारतमा एकैदिन ३ लाख १४ हजार बढीमा कोरोना संक्रमण,२१०४ को मृत्यु

Posted on: 22 Apr, 2021

वैशाख ९, काठमाडौँ । भारतमा गत २४ घण्टामा हाल सम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ लाख १४ हजार ८ सय ३५ जनामा कोरोना पुष्टि भएको हो ।

सोहि अवधिमा कोरोनाका कारण २ हजार १ सय ४ जनाको मृत्यु भएको छ । भारतमा लगातार ८ दिन देखि लगातार २ लाख भन्दा बढीमा कोरोना पुष्टि भएको छ । योसँगै भारतमा संक्रमितको संख्या १ करोड ५९ लाख ३० हजार ९ सय ६५ पुगेको छ ।

भारतीय संचारमाध्यमका अनुसार कोरोना भाइरसको नयाँ भेरियन्ट तिब्र रुपमा फैलिएसंगै अस्पतालमा अक्सिजनको हाहाकार भएको छ । अहिले भारत सबैभन्दा बढी कोरोना भाइरस संक्रमित हुने मुलुक मध्ये विश्वको दोश्रो नम्बरमा परेको छ ।

अक्सिजन अभाव तथा संक्रमणदर बढ्दै गएपछि भारतका विभिन्न प्रान्तहरु दिल्ली,महाराष्ट्रलगायतले लकडाउन तथा निषेधाज्ञा जारी गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!