भारतको कोरोना खोप कति प्रभावकारी ? खोप लगाएकाहरुको अवस्था के छ ?

Posted on: 25 Apr, 2021

वैशाख १२, एजेन्सी | भारत बायोटेक र इंडियन काउन्सिल अफ मेडिकल रिसर्च (ICMR) को प्रयासबाट बनेको कोरोना भ्याक्सिन को-भ्याक्सिन संसारकै सबैभन्दा बढी सफल भ्याक्सिन मध्ये एक रहेको दावी गरिएको छ । फेज-३ क्लीनिकल ट्रायल्सको दोश्रो नतीजाको आधार अनुसार दावी गरिएको छ कि भ्याक्सिनको क्लिनिकल एफिकेसी ७८% छ । याने कि भारतको खोप इन्फेक्शन रोक्नमा ७८% प्रभावकारी छ । जसले परीक्षणको क्रममा यो खोप लगाएका थिए, उनिहरु मध्ये कसैलाई पनि गम्भीर लक्षण देखिएको छैन । दावी गरिएको छ कि गम्भीर लक्षणलाई रोक्नमा कोरोना खोपको प्रभाव शत प्रतिशत प्रभावकारी छ ।

को-भ्याक्सिन बनाउनमा सहयोगी ICMR को दावी छ कि यो खोप सबै प्रकारको भ्यारीएन्ट रोक्नमा प्रभावकारी छ । दावी अनुसार खोप लगाएकाहरुलाई UK, ब्राजील र दक्षिण अफ्रीकी भ्यारीएन्ट्समा मात्र नभई भारतका १० भन्दा बढी राज्यमा आएको डबल म्यूटेन्ट भ्यारिएन्टमा पनि यो प्रभावकारी साबित भएको छ । 

को-भ्याक्सिनलाई शुरुआतमा भारतको केन्द्र सरकारले कोभीशील्ड संगै इमरजेन्सी प्रयोगको अनुमति दिएको थियो । त्यसबेला यसको क्लिनिकल ट्रायल्सको नतिजा आएको थिएन, त्यतिबेला यसलाई ट्रायल्सको रुपमा अनुमति दिईएको थियो । जब पछिल्लो महिना को-भ्याक्सिनको तेश्रो चरणको पहिलो नतिजा आयो तब आशा गरिएभन्दा राम्रो नतिजा प्राप्त भयो । नतिजा अनुसार कोभिशील्डको प्रभावकारिता करीब ७०% छ, जबकि को-भ्याक्सिनको नतिजा ८१ प्रतिशत देखियो । दोश्रो चरणको नतिजालाई लिएर यसको आंकडामा थोरै करेक्शन गरेर ७८ प्रतिशत प्रभावकारी मानिएको छ । 

कोरोना खोपको प्रभावकारीताको बारेमा परीक्षणको क्रममा राम्रो कुरा यो आयो कि भ्याक्सिन लिएका समूह मध्ये कोरोना संक्रमित भएका कसैलाई पनि कोरोनाको कारण गम्भीर लक्षण देखिएन । अझै कोरोना खोपको अन्तिम अध्ययन, सुरक्षा र प्रभाकारीताको आंकडा जून महिनामा मिल्ने बताइएको छ । अहिले तेश्रो चरणको खोप १८ देखि ९८ वर्षका भोलेन्टिएर्सलाई सहभागी गराइएको थियो । हालसम्म १८ बर्ष मुनिकालाई भने को-भ्याक्सिन खोप परीक्षण गरिएको छैन । 

हालसम्म को-भ्याक्सिनको १ करोड १३ लाखभन्दा बढी डोज भारतमा दिईसकिएको छ । जसमा करीब ९६ लाख पहिलो डोज र १७ लाख दोश्रो डोज छ। पहिलो डोज लिएपछि ०.०४ प्रतिशत र दोश्रो डोज लिएपछि लगभग त्यतिनै संख्याका मानिस मा कोरोना इन्फेक्शन देखिएको छ ।

भारत बायोटेकका अनुसार कम्पनीले प्रतिवर्ष ७० करोड भ्याक्सिनको डोज उत्पादन गर्ने तयारी गर्दैछ । कम्पनीले अप्रिलमा २ करोड डोजको उत्पादन गरेको छ । भारत बायोटेकको भ्याक्सिनलाई हाल ६० भन्दा बढी देशले रुचि देखाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!