अफगानिस्तानमा ३२ जना आइएसका लडाकू मारिए

Posted on: 11 Aug, 2016

साउन २७, जलालावाद । अफगानिस्तानको पूर्वी नान्गहार प्रान्तको आचे जिल्लामा भएको कारबाहीका क्रममा कम्तीमा पनि ३२ जना आइएसका लडाकू मारिएको समाचार छ । 

सो कारबाहीका क्रममा ३२ जना लडाकू मारिनुका साथै अरु कम्तीमा पनि दुई दर्जन लडाकू घाइते भएका बताइएको छ । 

गएको २४ घन्टाभित्र यहाँको सेना र प्रहरीले गरेको कारबाहीका क्रममा ती लडाकू मारिएका समाचारमा जनाइएको छ । 

ती आइएस लडाकू बिभिन्न जिल्लाबाट जम्मा भएको सूचनाको आधारमा गरिएको कारबाहीमा मारिएका अफगानिस्तानको गृहमन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । 

सो विज्ञप्तिमा जनाइएअनुसार आइएसको चलखेल पछिल्लो समयमा विभिन्न स्थानबाट भएको खबरका आधारमा आचे जिल्लामा नियमित कारबाही सुरु गरेको बताएको छ । रासस/सिन्ह्वा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!