अमेरिकामा अर्को संक्रमण, कुखुरासँग टाढा रहन आग्रह

Posted on: 23 May, 2021

जेठ ९, काठमाडौं । कोरोना महामारीका बीच अमेरिकामा फेरि अर्को  संक्रमण देखा परेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले मानिसहरूलाई साल्मोनेलाको बढ्दो प्रकोपका कारण कुखुराबाट टाढा रहन निर्देशन दिएको हो ।

संयुक्त राज्य अमेरिकाको ४३ राज्यमा १६३ जना बिरामीमा यसको संक्रमण देखिएपछि सीडीसी र जनस्वास्थ्य अधिकारीहरूले साल्मोनेला प्रकोपको बारेमा अनुसन्धान सुरु गरेका हुन् ।

स्वास्थ्य एजेन्सीहरू भन्छन्, 'मानिसहरूले कुखुरालाई चुम्नुबाट बच्नुपर्छ । साथै, सकेसम्म उनीहरूको वरिपरि घुम्नु समेत हुँदैन ।' त्यसो नगरी, यसको कीटाणुहरू तपाईंको मुखबाट शरीरमा पुग्न सक्छ र संक्रमण फैलाउन सक्छ र तपाईंलाई बिरामी बनाउन सक्छ।'

यो चेतावनी पनि दिइएको छ कि कुखुराहरू स्वस्थ र सफा भए तापनि तिनीहरू यस कीटाणुका वाहक हुन सक्छन् । यसको कीटाणु सजिलैसँग जहाँ जहाँ कुखुरा छन् ती ठाउँहरूमा फैलिन सक्छन् ।

साल्मोनेला जीवाणु संक्रमणको एक प्रकार हो जसले ज्वरो, पखाला, कोलिक र बान्ता निम्त्याउन सक्छ । अधिकांश व्यक्तिहरू उपचारविना निको हुन्छन्, तर अधिक गम्भीर अवस्थामा मृत्यु पनि आउन सक्छ । बीबीसीबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!