डब्लुएचओले राख्यो कोरोना भाइरसका भेरियन्टको नाम, यी हुन् देशअनुसारका नाम ?

Posted on: 01 Jun, 2021

जेठ १८, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसका भेरियन्टहरुको नामाकरण गरेको छ। डब्लुएचओले विभिन्न देशमा पहिलोपटक रिपोर्ट भएका भेरियन्टहरुको नामाकरण गरेको हो।

डब्लुएचओका अनुसार बेलायतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई बिटा, ब्राजिलमा भेटिएको भेरियन्टलाई गामा र भारतमा भेटिएको भेरियन्टलाई डेल्टा नामाकरण गरिएको छ।

बेलायतमा भेटिएको बी.१.१.७ भेरियन्टको नाम अल्फा हो। दक्षिण अफ्रिकाको बी.१.३५१ को नाम बिटा, भारतको बी.१.६१७.२ भेरियन्टको नाम डेल्टा राखिएको छ। यस्तै भारतमै भेटिएको बी.१.६१७.१ भेरियन्टको नामा काप्पा राखिएको छ।

ब्राजिलमा भेटिएको पी.१ भेरियन्टको नाम गामा हो। भेरियन्टको नामलाई देशसँग जोडेर आउन थालेपछि विभिन्न देशले त्यसको विरोध गरेका थिए। संगठनले देशहरुको नाम नजोडियोस् भनेर भेरियन्टको नामाकरण गरेको हो। नेपालमा बेलायतमा भेटिएको अल्फा, भारतमा भेटिएको डेल्टा र काप्पा भेरियन्ट फैलिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!