यो वर्ष विश्वमा ७ करोडले गुमाए रोजगारी, सन् २०२२ सम्ममा २० करोड ५० लाख बेरोजगार बन्ने

Posted on: 03 Jun, 2021

जेठ २०, काठमाडौँ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)ले कोरोना महामारीका कारण विश्वमा बेरोजगारीको सङ्ख्या बढ्ने जनाएको छ । कोरोनाको महामारीका कारण विश्वमा लाखौँले रोजगारी गुमाएको तथा नयाँ रोजगारीका लागि तयार रहेका लाखौँ बेरोजगार भएका आइएलओले उल्लेख गरेको छ ।

यो वर्ष कोरोनाका कारण सात करोड ५० लाख मानिसको रोजगारी गुमेको आइएलओको तथ्याङ्कले जनाएको छ । आइएलओका निर्देशक गाय राइडले अर्को वर्ष अर्थात सन् २०२२ सम्म विश्वमा बेरोजगारीको सङ्ख्या २० करोड ५० लाख पुग्ने अनुमान गरिएको बताएका छन् । यसले गरिब तथा मध्यम देशमा असमानता बढाउने उनको भनाई छ । संयुक्त राष्ट्र सङ्घले कोरोना महामारीका कारण विश्वमा परेको असर पार गर्न लामो समय लाग्ने जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!