ब्राजिलको एक सहरमा भएको प्रयोग: ८०% संक्रमण घटे, मृत्यु ९५% घट्यो

Posted on: 04 Jun, 2021

जेठ २१, काठमाडौँ | ब्राजीलको सेराना शहरमा कोभिड-१९ बाट हुने मृत्यु ९५% कम भएको छ । अस्पतालमा भर्ना हुनेहरुको संख्यामा ८६% ले कमि आएको छ । विरामीहरुको संख्यामा समय ८०% को गिरावट आएको छ । र यस्तो हुनुको कारण- तीब्र गतिमा चलाइएको खोप अभियान ।

४५ हजारको जनसंख्या भएको सेरानामा लगभग हरेक युवाहरुलाई खोप लगाईएको छ । उक्त स्थानमा चीनले विकास गरेको कोरोनाभयाक भ्याक्सि लगाईएको हो । प्रयोगको नतिजाबाट के पत्ता लागेको छ भने यदि ७५% मानिसलाई खोप लगाईदिने हो भने महामारी नियन्त्रण गर्न सकिन्छ ।


बुटान्टन इन्स्टीट्यूटको शोध निर्देशक रिकार्डो पालासियसले ब्न्हाने- 'जुन बच्चा र युवाहरुलाई भ्याक्सिन लगाइएको छैन, उनीहरुमा हुने संक्रमणको दर पनि घटेको छ । यो प्रयोगबाट के कुरा सावित भएको छ ७५ प्रतिशतलाई खोप दिएपछि स्कूल संचालन गर्नको लागि बच्चाहरुलाई भ्याक्सिन लगाउन जरुरि छैन ।

शहरलाई चार भाग लगाएर गरिएको थियो प्रयोग

कोरोनाको नियन्त्रण गर्न कति समय लाग्छ ? यही कुरा पत्ता लगाउनको लागि शहरलाई ४ भागमा बाडियो । तीन भागका ७५ प्रतिशत जनताहरुलाई खोपको दुवै डोज दिईयो । ९५ प्रतिशत वयस्कहरुलाई दुवै डोज लगाएपछी नतिजा देखिएको थियो । सेरानामा भएको यस प्रयोगले कोरोना अन्त्य गर्न सकिने आशा जगाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!