थाइल्याण्डमा केहि घण्टायता ११ स्थानमा बम धमाका

Posted on: 12 Aug, 2016

साउन २८, बैंकक । थाइल्याण्डमा आज बिहान लगातार शृंखलाबद्ध आक्रमण हुँदा त्यहाँ निकै त्रास फैलिएको छ । संचार माध्यमहरुका अनुसार आज बिहानसम्म २४ घन्टायता कम्तीमा पनि ११ स्थानमा बम हमला भएको छ । 

बिभिन्न बम हमलामा परी चार जनाको ज्यान गएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका पनि जनाइएको छ । बम हमला पछी प्रहरीले उक्त बम हमलामा आतङ्कवादीको कुनै हात नरहेको जनाएको छ । 

थाई प्रहरीले शुक्रबार सो बम आक्रमणहरुको बारेमा अनुसन्धान गरेको र सो अनुसन्धानपछि उक्त निष्कर्षमा पुगेको जनाएको छ । 

ती आक्रमणहरु आतङ्ककारी प्रकृतिका नभएका पाइएको प्रहरीको भनाई छ । थाइल्याण्डका दक्षिणी प्रान्तहरुमा पछिल्ला वर्षहरुमा हिंसात्मक क्रियाकलापहरु हुने गरेका छन् । तिनै प्रान्तमा नै यो गएको २४ घन्टायता हिंसा मच्चिएको हो । 

ती क्षेत्रहरुमा शुक्रबार बिहानैदेखि कडा सुरक्षा व्यवस्था अपनाइएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!