२०२० मा नेपालीले स्वीस बैंकमा २०१९ को तुलनामा दोब्बर रकम राखे

Posted on: 19 Jun, 2021

असार ५, एजेन्सी | स्वीस बैंकमा नेपालीको ४६ अर्ब ६४ करोड रुपैयाँ रहेको विवरण सार्वजनिक भएको छ । स्वीट्जरल्यान्डको केन्द्रीय बैंक (स्वीस नेसनल बैंक) ले सार्वजनिक गरेको विवरणअनुसार स्विट्जरल्यान्डका बैंकमा सन् २०१९ को तुलनामा २०२० मा नेपालीको बचत दोब्बर भएको छ ।

स्वीस नेसनल बैंकमा गम्भीर अपराध तथा गैरकानुनी कार्यबाट आर्जित रकम बचत गरिदिने र उच्चस्तरीय गोपनीयता राख्ने गरिन्छ । यस वर्ष नेपाल, भारत लगायतका मुलुकका नागरिकले गरेको बचतमा वृद्धि भएको विवरणमा उल्लेख छ ।

हालै सार्वजनिक विवरणमा सन् २०२० मा नेपालीको स्वीस बैंकमा अहिलेको विनिमय दरअनुसार ४६ अर्ब ६४ करोड बचत रहेको उल्लेख छ ।

सन् २०१९ मा स्वीस बैंकमा नेपालीले २२ अर्ब ७३ करोड बचत गरेको विवरण समेत जारी प्रतिवेदनमा उल्लेख छ । सन् २०२० मा भारतीयले स्वीस बैंकमा २०,७०० करोड भारु बचत गरेको जनाइएको छ । भारतीय बचत १३ वर्ष यताकै उच्च रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!