विश्वमा आजः इथोपियामा कु देखि जर्मनीमा मुसोलिनीको उद्दार

Posted on: 12 Sep, 2021

भदौ २७, काठमाडौँ | आज सेप्टेम्बर १२ । आज अमेरिकामा आत्मघाती हमलादेखि जर्मनीका तानाशाह बेनिटो मुसोलिनीको उद्दार  भएको थियो । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण घटनाः

अफ्रिकी मुलकी अमेरिकी महिला अन्तरिक्षमा  

सन् १९९२ मा पहिलो पटक अफ्रिकी मुलकी अमेरिकी महिला अन्तरिक्षमा पुगेकी थिइन् । नासाको स्पेस सटल प्रोगाम अन्तर्गत रसायनशास्त्री म्याक सी जेमिसन अन्तरिक्षमा पुगेकी थिइन् । एसटीएस ४७ यानको मिसन विज्ञ बनेर उनी अन्तरिक्षमा प्रस्थान गरेकी थिइन् । १९० घण्टामा अन्तरिक्षमा पुगेकी उनले तौलरहित बस्तु र गतिसम्बन्धी अध्ययन गरेकी थिइन् ।

सन् १९७४ मा इथोपियामा कु

सन् १९७४ मा इथोपियामा सेनाको फौजले तत्कालिन शासक हेली सिलासीलाई कु गरेको थियो । कु पछि सिलासीलाई कैद गरिएको थियो । कैद गरिएको दुई वर्षपछि अर्थात सन् २०१५ को २८ अगस्टमा उनको मृत्यु भएको थियो । सिलासीलाई धेरै इथोपियालीले मसिह मान्थे ।

लुना १६  को चन्द्रमामा प्रस्थान

अन्तरिक्ष यान लुना १६ ले चन्द्रमामा पहिलो पटक रोबोटिक अनुसन्धान गरेको थियो । सन् १९७० सेप्टेम्बर १२ मा सोभियत युनियनले चन्द्रमामा पठाएको लुनाले केही ढुंगाको नमुना संकलन गरेर २४ सेप्टम्बरमा पृथ्वीमा फर्किएको थियो ।

इटालीमा मुसोलिनको उद्दार

सन् १९४३ मा हिट्लरको आदेशमा जर्मनीको सेनाले हवाई छापा मारेको थियो । अपरेसन इची नाम दिइएको सो हवाई छापाको उदेश्य एउटा रिसोर्टबाट इटालेली तानाशाह बेनिटो मुसोलिनीको उद्दार गर्नु थियो । इटालीका तत्कालिन राज भिक्टोर इम्यानुअल तृतीयको आदेशमा उनलाई त्यहाँ नियन्त्रणमा लिइएको थियो । ग्लाइडरहरुको प्रयोगमा जर्मनी सेना सो रिसोर्टमा प्रवेश गरी मुसोलिनको उद्दार गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!