अबदेखि एक दिनमा ४० मिनेटमात्र टिकटक चलाउन पाइने !

Posted on: 22 Sep, 2021

काठमाडौं। बालबालिकाहरुमा बढेको चिनियाँ टिकटकको लतलाई मध्यनजर गर्दै चीनले अब बालबालिकालाई एक दिनमा केवल ४० मिनेट मात्रै डुइन प्रयोग गर्न दिने भएको छ।आफ्नो वास्तविक पहिचानबाट डुइनमा खाता खोलेका १४ वर्षमुनिका प्रयोगकर्ताका लागि यो नियम लागू हुनेछ।

बालबालिकाहरुले बिहानको ६ बजेदेखि रातको १० बजेसम्मको अवधिमा केवल ४० मिनेट मात्रै डुइन चलाउन पाउनेछन्। चिनिया टिकटकको मातृ कम्पनी बाइटडान्सले एक ब्लगपोष्टमार्फत् डुइनमा युथ मोड को घोषणा गरेको छ ।बालबालिकाहरुलाई डिजिटल अम्मलबाट जोगाउनका लागि यस्तो सीमा राख्ने आफू नै पहिलो प्लाटर्फम रहेको दाबी कम्पनीको छ। डुइन किशोरावस्थाका प्रयोगकर्ताका मामिलामा सबैभन्दा रहेको उनीहरुको सिकाइका लागि गुणस्तरीय सामग्रीहरु उपलब्ध गराउनका लागि कडा मेहनत गरिरहेको कम्पनीले जनाएको छ।

डुइनले बालबालिकाका लागि प्लाटर्फम प्रयोगमा समयको पावन्दी लगाएसँगै युथ मोडमा विभिन्न शैक्षिक सामग्रीहरु पनि राखेको छ। जसमा विज्ञानका प्रयोग, संग्राहलय प्रदर्शनी तथा ऐतिहासिक व्याख्यालगायतका रहेका छन्। चिनियाँ टिकटक डुइनमा खाता खोल्नका लागि न्यूनतम उमेरको कुनै हद तोकिएको हुँदैन, अर्थात् जुनसुकै उमेरका बालबालिकाले पनि यसमा खाता खोल्न सक्दछन्। तर १८ वर्षभन्दा मुनिका प्रयोगकर्ताले खाता खोल्नका लागि अभिभावकको स्वीकृति लिनुपर्दछ। जबकि टिकटकमा खाता खोल्नका लागि न्यूनतम १३ वर्ष उमेर हुनु पर्दछ।

चीन सरकारले किशोर किशोरीहरुको प्रविधिको अत्यधिक प्रयोगमाथि नियन्त्रण गर्ने कदम अगाडि बढाएसँगै डुइनले प्रयोगको समय सीमा निर्धारण गरेको हो। गत महीनादेखि चीन सरकारले १८ वर्षमुनिका किशोर किशोरी तथा बालबालिकाहरुलाई शुक्रबार र बिदाका दिनमा बाहेक भिडियो गेम खेल्न प्रतिबन्ध लगाएको छ।

किशोर किशोरी तथा बालबालिकाहरुले अब शुक्रबार, सप्ताहन्त तथा विदाका दिनहरुमा मात्रै हरेक दिन केवल एक घण्टा भिडियो गेम खेल्न पाउनेछन्। त्यस्तै गत फेब्रुअरीदेखि चीनले विद्यार्थीहरुलाई विद्यालयमा फोन प्रयोगमा समेत प्रतिबन्ध लगाएको छ। बीबीसी

यस बिषयमा तपाइको प्रतिक्रिया...!