भारतीय प्रधानमन्त्री मोदी न्युयोर्क प्रस्थान

Posted on: 22 Sep, 2021

नयाँ दिल्ली। राष्ट्रसंघको ७६ औं महासभालाई सम्बोधन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी न्युयोर्क प्रस्थान गरेका छन्। मोदीले यही सेप्टेम्बर २५ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्बोधनअघि मोदी अमेरिकी राष्ट्रपति जोन बाइडेनले ह्वाईट हाउसमा आयोजना गर्ने क्वाडको पहिलो सम्मेलनमा सहभागी हुनेछन्। क्वाड सम्मेलनमा मोदीबाहेक जापानी प्रधानमन्त्री योसिहिदे सुगा र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन पनि सहभागी हुनेछ। अमेरिकासहित यी तीन देश क्वाडका सदस्य हुन्।

२४ सेप्टेम्वरमा हुने सम्मेलनमा कोभिड १९ र जलवायु परिवर्तनबारे छलफल हुनेछ। त्यस्तै, एशियाकै शक्तिशाली देश चीनको यस क्षेत्रमा बढ्दो प्रभावबारे पनि सम्मेलनमा छलफल हुनेछ। क्वाडलाई बाइडेन प्रशासनले निकै महत्वका साथ हेरेको ह्वाईटहाउसका प्रेस सचिव जेन पिसाकीले जानाकारी दिए।

सम्मेलनमा हिन्द–प्रशान्त क्षेत्रमा अमेरिका, वेलायत र अस्ट्रेलियाले गरेको अकस सम्झौताबारे समेत छलफल हुने जनाइएको छ। कोभिड नियन्त्रणमा सदस्य राष्ट्रहरुले गरेको पहलबारे पनि सम्मेलनमा मुल्यांकन गरिनेछ हुनेछ। त्यस्तै, जलवायु परिवर्तन, साइवर स्पेस, प्रविधिलगायतका विषयमा पनि छलफल हुनेछ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!