दिल्लीस्थित अदालतमा चल्यो गोली, तीन जनाको मृत्यु

Posted on: 24 Sep, 2021

असोज ८, काठमाडौं (एजेन्सी) । दिल्लीको रोहिणी अदालत अगाडि गोली चलेको छ । भारतीय समाचार माध्यमका अनुसार उक्त घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार हतियारधारीले चलाएको गोली लागेर ग्याङस्टर जितेन्द्रमान गोगीको मृत्यु भएको र प्रहरीको जवाफी कारबाहीमा दुई आक्रमणकारी पनि मारिएको समाचारमा जनाइएको छ । आक्रमणकारीले वकिलको पोशाक लगाएका थिए । आक्रमणमा एक महिला वकिलसहित तीन जना घाइते भएका छन् ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!