जुनियर एनटिआरको वास्तविक नाम

Posted on: 09 Oct, 2021

असोज २३, काठमाडौँ, (एजेन्सी) | पछिल्लो समय साउथ इण्डियन हिरोहरुको फ्यान बढ्ने क्रम तीव्र छ । किनकी पछिल्लो समय साउथका फिल्महरुमा दर्शकले मनोरञ्जन भरपुर पाउन थालेका छन् । यसैले गर्दा पनि हुन् सक्छ, साउथका हिरोहरुको परिचय बढ्दो छ । हरेक किसिमका दर्शकलाई फिल्म बनाउन सक्ने भएकोले पनि साउथ लोकप्रियता बढ्दो छ ।

साउथका फिल्म मात्र होइन, स्टारलाई पनि विश्वभर चिन्न थालेका छन् । यी मध्यकै एक हुन् जुनियर एनटिआर । एनटिआरको रियल नाम नंदमुनी तारक रामवाव जुनियर हो । यिनले सन् १९९६ मा रिलिज भएको फिल्म रामायणमार्फत अभिनयमा डेब्यु गरेका थिए । उनी 'आरआरआर' फिल्ममा देखा पर्दैछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!