विश्वमै कम उमेरमा चान्सलर बनेका अस्ट्रियाका सेबास्टियन क्रुज भ्रष्टाचार आरोपमा राजीनामा दिँदै

Posted on: 10 Oct, 2021

असोज २४, (एजेन्सी) | कम उमेरमा चान्सलर बनेर इतिहास रचेका अस्ट्रियाका युवा सेबास्टियन क्रुजले पदबाट राजीनामा दिने भएका छन् । भ्रष्टाचारको आरोप लागेपछि क्रुजले पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । युवा नेता क्रुजलाई राजीनामा दिन चौतर्फी दबाब बढेको थियो ।

देशमा थप उथलपुथल हुन नदिन आफूले पदबाट राजीनामा दिन लागेको ३५ वर्षीय चान्सलरले बताए । उनी २०२० को जनबरीमा अस्ट्रियाको चान्सलरमा निर्वाचित भएका थिए । उनी विश्वमै कम उमेरमा चान्सलर बनेका थिए । 

‘हामीलाई स्थिरता आवश्यक छ । अस्ट्रियालाई अस्थिरताको दलदलमा फसाँउनु गैरजिम्मेवार कार्य हो,’ उनले भने । विदेशमन्त्री अलेक्जेन्डर शालेनवर्गलाई नयाँ चान्सलर नियुक्त गर्ने र आफू पिपुल्स पार्टी (ओएभीपी) को नेता रहने क्रुजले बताएका छन् । 

गत शुक्रबार उपचान्सलर तथा ग्रीन नेता वेग्न कोग्नरले क्रुज पदका लागि अयोग्य भन्दै नयाँ चान्सलरका लागि नाम दिन ओएभीपीलाई अनुरोध गरेका थिए । आार्थिक अनिमितता नगरेको र आफूमाथि लागेको सबै आरोप झुट भएको क्रुजले दाबी गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!