लेबनानमा न्यायाधीशबिरुद्धको प्रदर्शनमा गोली चल्दा ६ जनाको मृत्यु, दजनौं घाइते

Posted on: 15 Oct, 2021

असोज २९, बेरुत (एजेन्सी) | लेबनानको राजधानी बेरुतमा न्यायाधीशबिरुद्धको प्रदर्शनमा गोली हानाहान हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ । शिया मुस्लिम समूह हेजबोल्लाह र आमलले न्यायाधीशविरुद्ध गरेको प्रदर्शनमा गोली चल्दा ४० जना घाइते भएका छन् ।

ती न्यायाधीशले गत वर्ष तटीय सहरमा २१९ जनाको मृत्यु हुने गरी भएको बिस्फोटबारे भइरहेको अनुसन्धानलाई अगाडि बढाइरहेका छन् । 

शुक्रबारको प्रदर्शनमा लेबनिज फोर्सेस (एलएफ) समर्थक क्रिश्चियन बन्दुकधारीहरूले गोली चलाएको हेजबोल्लाह र आमलल आरोप लगाएका छन् । तर, एलएफले सो आरोप अस्वीकार गरेको छ ।


अदालत परिसरबाहिर सयौँ हेजबोल्लाह समर्थकले न्यायाधीश तारेक बितारलाई हटाउन माग गर्दै प्रदर्शन गरेका थिए । अनुसन्धानमा राजनीतिक गन्ध मिसिएको उनहरुको दाबी थियो ।

स्वचालित राइफल सहितका हतियारधारीले प्रदर्शनकारीलाई अन्धाधुन्दा गोली चलाएका थिए । गोलीको आवाज चलेपछि स्थानीय व्यक्ति घरबाट भागेका थिए ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!