विश्वमा आजः चीनद्वारा मानवसहितको अन्तरिक्ष उडान, बुर्किना फाँसोका राष्ट्रपतिको हत्या

Posted on: 15 Oct, 2021

असोज २९, काठमाडौँ | आज १५अक्टोबर । आज विश्व इतिहासमा बिभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम बिकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वर्पूण घटनाः

चीनद्वारा मानवसहितको पहिलो अन्तरिक्ष उडान 

सन् २००३ मा चीनले मानवसहितको पहिलो अन्तरिक्ष उडान सुरू गरेको थियो । उत्तरी चीनको गोबी मरूभूमिस्थित जिउक्वान स्याटलाईट लन्च सेन्टरबाट मानवसहितको अन्तरिक्ष यान अन्तरिक्षमा पठाइएको थियो ।

मिखाईल गोर्भाचोभलाई शान्ति पुरस्कार

सन् १९९० मा तत्कालिन सोभियत युनियनका अध्यक्ष मिखाइल गोर्भाचोभलाई शान्तितर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो । द्वितीय विश्व युद्धमा तनाब अन्त्य गर्न उनी महत्वपूर्ण भूमिकामा रहेको भन्दै नोबेल कमिटीले सो पुरस्कार प्रदान गरेको हो । 

बुर्किना फाँसोका राष्ट्रपतिको हत्या

सन् १९८७ मा बुर्किना फाँसोका तत्कालिन राष्ट्रपति थोमस सांकरको हत्या भएको थियो । राष्ट्रपतिबिरुद्धको एउटा कुमा उनको हत्या भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!