कोभिड नियन्त्रणका उपाय नचाल्ने ब्राजिलका राष्ट्रपतिबिरुद्ध लाग्न सक्छ आपराधिक मुद्दा

Posted on: 17 Oct, 2021

असोज ३१, रियो दि जेनेरियो | एजेन्सी | कोभिड महामारी बेवास्ता गरेको र संक्रमण नजर अन्दाज गर्ने ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोबिरुद्ध ११ ओटा आपराधिक मुद्दा दायर हुन सक्ने एक सिनेटरले बताएका छन् । कोभिड महामारीबारे हल्का टिप्पणी गर्ने र रोकथाम तथा नियन्त्रणको उपाय नचाल्ने राष्ट्रपतिबिरुद्ध विभिन्न अयिोगमा मुद्दा चलाउन सकिने सिनेटर रेनान कालहेरोसले बताएका हुन् । रेनान कोभिड महामारीबाट देशमा भएको ठूलो जनधनको क्षतिबारे अनुसन्धान गर्न गठित समितिका प्रमुख हुन् । 

एउटा रेडियो अन्तर्वार्तामा रेनानले छानबिनले देशको जनजातिको वंश विनाश, सार्वजनिक कोषको प्रयोगमा अनियमितता, सरसफाई मापदण्डको उल्लंघन, अपराध गर्न दुरुत्साहन र फर्जी कागजातजस्ता अभियोगमा राष्ट्रपतिबिरुद्ध मुद्दा दायर गर्न सकिने बताए ।

राष्ट्रपतिसँगै उनका छोरा र पूर्व स्वास्थ्य मन्त्री इडियुआर्डोबिरुद्ध पनि मुद्दा लगाउन सकिने समाचारमा जनाइएको छ । 

कोभिड महामारीबारे सरकारको लापरबाही गरेको र ठूलो क्षतिबारे गठित अनुसन्धान समितिले आफ्नो प्रतिवेदन मंगलबार सार्वजनिक गर्ने तयारी छ ।

बिहीबार महान्यायाधिवक्तासमक्ष प्रतिवेदन पेस गर्नुअघि राष्ट्रपति र अन्य व्यक्तिलाई अभियोग लगाउने वा नलगाउने भन्ने बारेमा बुधबार समितिका  सदस्यहरुले प्रतिवेदनमाथि मतदान गर्नेछन् ।

राष्ट्रपति बोल्सोनारोले कोभिडलाई प्रायः हल्का रुपमा टिप्पणी गर्दै आएका छन् । कोभिड कुनै रोग नभएको भन्दै उनले अहिलेसम्म खोप लगाउन मानेका छैनन् । कोभिडबाट ब्राजिलमा अहिलेसम्म ६ लाख मानिसको मृत्यु भइसकेको छ ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!