साउदी अरव कोरोना अघिको लयमा फर्कदै

Posted on: 18 Oct, 2021

कात्तिक १, काठमाडौँ | नेपालीहरूको मुख्य श्रम गन्तव्य मध्ये एक साउदी अरब बिस्तारै कोरोना संक्रमण अघिकै लयमा फर्कदैछ ।

साउदीको नागरिक उड्डयन प्राधिकरणले आइतबारदेखि सबै विमानस्थलहरू पूर्ण क्षमतामा उडान सञ्चालन गरेको छ । साउदीले विमानस्थलहरुमा प्रवेश गर्ने यात्रुहरूको कोरोना बिरुद्धको खोप लगाए/नलगाएको रेकर्ड एपमार्फत चेक गर्छ । साथै पूर्ण खोप लगाएकाहरूले बाहिर निस्कदा मास्क लगाउने र सामाजिक दूरी पालना गर्ने सम्बन्धि नियम समेत अनिवार्य छैन । त्यस्तै पूर्ण खोप लगाएकाहरुले विवाह हल, रेस्टुरेन्ट र यातायातका साधनमा शारीरिक दूरी समेत कायम नराखी निर्वाधन आउ/जाउ गर्न सक्नेछन् । भित्र काम गर्दा भने सामाजिक दुरी र माक्स लगाउनुपर्ने नियम पालना गर्नुपर्नेछ । 

साउदिले पछिल्लो पटक कोरोना संक्रमण अवधिमा यात्रा गर्न नपाएर रद्द भएका उडान र रद्द भएका टिकटहरूका लागि यात्रुले चाहे बमोजिम कुनै अतिरिक्त शुल्क नलिई समय परिवर्तन गर्न सक्ने जनाएको छ ।

साउदीले कोरोना भाइरसको फैलावट रोक्न गत वर्ष २७ फेब्रुअरी २०२० देखि तीर्थयात्रीहरूमा अस्थायी प्रतिबन्ध लगाएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!