आज बिहान इटालीमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

Posted on: 24 Aug, 2016

भदौ ८, रोम । इटालीमा शक्तिशाली भूकम्प गएको छ । राजधानी रोमनजिक पेरुगिए शहरको दक्षिणी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव २ म्याग्नेच्युटको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस)ले जनाएको छ ।

स्थानीय समयअनुसार आज बिहान ३ बजेर ३६ मिनेटमा गएको भूकम्पको गहिराई १० किलोमिटर मात्रै रहेको छ । भूकम्पको धक्का राजधानी रोममा पनि महसुस भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पको धक्का २० सेकेन्डसम्म महसुस गरिएको थियो । भूकम्प गएपछि इटालीमा भागदौड मच्चिएको छ । भूकम्पबाट भएको क्षतिको विवरण आएको छैन । (एजेन्सी)

यस बिषयमा तपाइको प्रतिक्रिया...!