इटालीमा शक्तिशाली भूकम्पबाट १८ जनाको मृत्यु, १४ तस्बिरहरु हेर्नुहोस !

Posted on: 24 Aug, 2016


भदौ ८, काठमाडौं । इटालीमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा १८ जनाको मृत्यु भएको छ ।

राजधानी रोमनजिक रहेको पेरुगिए सहरको दक्षिणी क्षेत्रलाई केन्द्रबिन्दू बनाएर ६.२ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी  भूगर्भ बिभागले जनाएको छ । भूकम्पबाट धेरैजना भग्नावशेषमा पुरिएको आशंका गरिएको छ । इटालीका दुर्गम गाउहरु उम्रिया, मार्के र लाजियोमा यस भूकम्पले बढी क्षति पुर्याएको बताइएको छ । 


यस्तै, अकुमोली सहरमा पनि थुप्रै घर भत्किएको बताइएको छ । पेरुगिए सहरको आधाभाग नै ध्वस्त भएको बताइएको छ । स्थानीय समयअनुसार बुधबार बिहान ३ बजेर ३६ मिनेटमा गएको भूकम्पको गहिराइ १० किलोमिटरमात्रै रहेको थियो ।

भूकम्पको धक्का २० सेकेन्डसम्म महसुस गरिएको थियो । यसको उद्वारका लागि ठूलो संख्याका सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । उक्त शक्तशाली भूकम्पपछिका पराकम्पहरुका कारण जनजिवन त्रसित भएको बताइएको छ ।  इटालीमा सन् २००९ मा गएको ६.३ म्याग्निच्यूडको भूकम्पमा परी तीन सयजनाले ज्यान गुमाएका थिए । तस्बिर: एएफपी 












यस बिषयमा तपाइको प्रतिक्रिया...!