पाँच हजार जना नेपाली र भारतीय चेली बेच्ने हुसेन दम्पति पक्राउ

Posted on: 30 Aug, 2016

भदौ १४, काठमाडौं । मानव बेचविखनको आरोपमा एक दम्पत्ति र उनीहरुका ६ जना सहयोगीलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४५ वर्षीया साएरा र उनका ५० वर्षीय पति हुसेन रहेका छन् । हुसेन दम्पत्तिले नेपालका साथै पश्चिम बंगाल, उडिसा, असम लगायतका क्षेत्रका ५ हजार भन्दा बढी युवतीलाई बेचेको प्रहरीको दाबी छ ।

उनीहरुले ५० हजारमा युवतीहरुलाई किन्ने र २ लाख भन्दा बढीमा बेच्ने गरेका थिए । भारतीय प्रहरीले हुसेन दम्पत्तिलाई पक्राउ गरेको स्वीकार गरेपनि थप केही बताउन चाहेको छैन ।

समाचारहरुमा जनाइएअनुसार उनीहरुले सुरुमा जीबी रोडमा धन्दा सुरु गरेका थिए । तर, यस्तो चार कोठी चलाएका छन् । सारा १९९० मा पनि पक्राउ परेकी थिइन् । र, उनलाई ७ वर्षको जेल सजाय पनि भयो । तर, उनी फेरि यही धन्दामा लागेको पाइएको छ ।

प्रहरीले हुसेन दम्पत्तिविरुद्ध पर्याप्त प्रमाण रहेको दाबी गरेको इण्डिया टुडेले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!