मन्त्री कुमारको सेक्स टेप सार्वजनिक, आधा घण्टामै मन्त्री पद खुस्कियो

Posted on: 01 Sep, 2016

भदौ १६, काठमाडौं ।  दिल्लीमा एक क्याबिनेट मन्त्री सेक्स टेपमा देखिएका छन् । र, यो सिटी मुख्यमन्त्री अरविन्द केजरीवालसम्म पुगेपछि दिल्ली सरकारका मन्त्री सन्दीपकुमारको मन्त्री पद गएको छ ।

दिल्लीका मुख्यमन्त्री केजरीवालले ट्वीट गर्दै एक सिडी आफूसम्म आइपुगेको बताएका छन् । अपुष्ट खबरहरुका अनुसार उक्त सीडीमा सन्दीप कुमार दुई महिलासँग आपत्तिजनक अस्वथामा देखिएका छन् ।

सिडी पाएको आधा घन्टामा नै सन्दीपकुमारलाई मन्त्रीबाट हटाउने निर्णय भएको उपमुख्यमन्त्री मनीष सिसोदियाले बताए । उनले भनेका छन्, आम आदमी पार्टी नैतिकवादहरुको पार्टी हो र भ्रष्टाचार, कुनै पनि अपाराध वा चरित्रमा दाग लागेको पार्टीलाई स्वीकार्य छैन ।’

यसअघि घुस लिएको खबर आएपछि आम आदमी पार्टीको सरकारले एक मन्त्रीलाई हटाएको थियो ।

सन्दीपकुमारले गत महिना दिल्लीबाट भिखारीहरुलाई हटाउने योजना बनाएका थिए । जसको आलोचना भएपछि मुख्यमन्त्री केजरीवालले हस्तक्षेप गरेर योजना फिर्ता गराएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!