रुसी राष्ट्रपतिको कार दुर्घटनाग्रस्त (भिडियोसहित)

Posted on: 07 Sep, 2016


भदौ २२, मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिको कार दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनामा राष्ट्रपति पुटिनका चालकको मृत्यु भएको रुसी अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति पुटिनको बीएमडब्ल्यू कार दुर्घटना भएको हो । मस्कोको व्यस्त सडकमा सो कार विपरीत दिशाबाट आइरहेको अर्को कारसँग ठोक्किएको हो ।

दुर्घटनाको समय राष्ट्रपति पुटिन उक्त कारमा नरहेको बताइएको छ । रूसी अधिकारीहरुका अनुसार पुटिनका अनुभवी चालकले उक्त कार गुडाएका थिए । उक्त कार रूसी परिषदको माथिल्लो सदनमा पञ्जीकृत भएको बताइएको छ ।

पुटिनको कारसँग ठोक्किएका मर्सिडिज कारका चालक गम्भीर घाइते भएका छन् । उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ । घटनाबारे प्रहरीले छानबिन अगाडि बढाएको छ ।

दुर्घटनामा मृत्यु भएका चालकको परिचय खुलाइएको छैन । यद्यपी उनी चार दशकदेखि सरकारी चालकका रुपमा सेवामा रहेको जनाइएको छ । (एजेन्सी)

भिडियो हेर्नुहोस 


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!