विश्व |


हवाइ आक्रमणमा कमाण्डरसहित तीन जना मारिए

Posted on July 23, 2019 | views : 528 |

साउन  ७, (रासस-सिन्ह्वा)  | अफगानिस्तानको दक्षिण भागमा पर्ने हेलमाण्ड प्रान्तको मार्जा जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका इलाका लक्ष्यगरी गरिएको हवाइ आक्रमणमा एक समूह कमाण्डरसहित तीन तालिबान लडाकू मारिएका छन् ।   अफगान सेनाले मङ्गलबार प्रकाशित एक विज्ञप्तिमा उक्त जानकारी दिए

Read More

पाकिस्तानकै सूचनाका आधारमा बिन लादेन मारिए : प्रधानमन्त्री खान

Posted on July 23, 2019 | views : 272 |

साउन ७, (रासस-एएफपी) | अमेरिका भ्रमणमा रहनुभएका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आतंकवादी संगठन अल–कायदाका प्रमुख ओसामा बिन लादेन पाकिस्तानमा रहेबसेको ठाउँका बारेमा पाकिस्तानी गुप्तचर निकायहरुले नै अमेरिकालाई सूचना दिएको बताउनुभएको छ । पाकिस्तानले हालसम्म बिन लादेन पाकिस्तानको कुन ठाउँमा बस्थे भ

Read More

अफगानिस्तान द्वन्द्वको समाधान वार्ताबाटै सम्भव : इमरान खान

Posted on July 22, 2019 | views : 246 |

साउन ६, (रासस-एएनआई)  | अमेरिका भ्रमणमा रहनुभएका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा सैनिक बलमा शान्ति कायम गर्न सम्भव नरहेको बताउनुभएको छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुअघि अमेरिकामा बसोबास गरिरहेका पाकिस्तानी डायस्पोरालाई सम्बोधन गर्दै प्रधानमन्त्र

Read More

उत्तर कोरियामा खाद्यान्न यसै महिना पठाउने दक्षिण कोरियाको तयारी

Posted on July 22, 2019 | views : 194 |

साउन ६, ऐजेन्सी |   दक्षिण कोरियाले यसै महिना उत्तर कोरियाका लागि खाद्यान्न सहयोगको पहिलो खेप पठाउने अन्तिम तयारी गरिरहेको दक्षिण कोरियाली एकीकरण मन्त्रालयले जनाएको छ । गत महिना सियोलले उत्तर कोरियालाई विश्व खाद्य कार्यक्रम मार्फत ५० हजार टन चामल उपलब्ध गराउने घोषणा गरेको थियो । उत्तर कोरि

Read More

तातो हावाका कारण अमेरिकामा ६ जनाको मृत्यु

Posted on July 21, 2019 | views : 359 |

साउन ५, ऐजेन्सी | अमेरिकामा तातो हावाका कारण छ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । तीमध्ये चार जनाको पूर्वी राज्य मेरील्याण्डमा, एक जनाको पश्चिमी राज्य एरिजोनामा र अर्का एक जनाको मध्य क्षेत्रको राज्य अर्कान्सासमा भएको हो । अमेरिकी फुटबल खेलाडी ३२ बर्षीय मिच पेट्रुसको बिहीबार बेलुका आफ्नो पसल

Read More

पाकिस्तानमा आत्मघाती आक्रमण, सात जनाको मृत्यु

Posted on July 21, 2019 | views : 295 |

साउन ५, ऐजेन्सी  | पाकिस्तानको उत्तर पश्चिमी प्रान्त डेरा इस्माइल खानमा आइतबार तालिबान समूहले गरेका दुईवटा आक्रमणमा परी सात जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार कोट्ला सेडानस्थित प्रहरी जाँच चौकीमा तालिबानी बन्दुकधारीले आइतबार बिहान ७.४५ बजे आक्रमण गर्दा दुई प्रहरीको ज्यान गएको थियो ।

Read More

अफगानिस्तानमा २८ जना लडाकू मारिए

Posted on July 21, 2019 | views : 299 |

साउन ५, (रासस-सिन्ह्वा) | अफगानिस्तानमा सरकारी फौजले गरेको हवाई आक्रमणमा परी कम्तीमा २८ जना तालिबानी लडाकू मारिएका छन् ।  देशको उत्तरी फार्याब प्रान्तमा भएको कारबाहीमा उनीहरुको मृत्यु भएको सैनिक स्रोतले आइतबार जनाएको छ ।“तालिवान लडाकूहरुको अखडामा २९ जनालाई लक्षित गरी हवाई आक्रमण भएको थियो, तीमध

Read More

इरानले कब्जामा लिएको इन्धन बोक्ने तेल ट्याँकर छाड्न बेलायतको आग्रह

Posted on July 21, 2019 | views : 297 |

साउन ५, (रासस-एएफपी)  | बेलायतले ओमानको तटीय जलक्षेत्रबाट इरानले कब्जामा लिएको इन्धन बोक्ने टयाँकर (पानीजहाज) तत्काल छाड्न बेलायतले इरान समक्ष आग्रह गरेको छ । बेलायतले इरानको उक्त कार्य गैरकानुनी रहेको भन्दै यसलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने जनाएको छ ।  नियन्त्रणमा लिइएको उक्त ट्याँकर

Read More

मानवरहित विमान सुरक्षित फर्केको इरानको दाबी, अमेरिकाले गरेको दाबि अस्विकार

Posted on July 19, 2019 | views : 419 |

साउन ३, ऐजेन्सी | अमेरिकाले इरानको मानवरहित विमान (ड्रोन) खसालेको भनी गरेको दाबी इरानको सशस्त्र बलले अस्विकार गरेको छ । सबै ड्रोन शिवीरमा सुरक्षित रुपमा फर्केको यहाँको समाचार समितिले जानकारी दिएको छ ।  अमेरिकी जल सेनाले स्ट्रेट अफ होर्मुज भनिने समुद्री मार्गमा इरानको ड्रोन खसालेको अमेरिकी राष्ट

Read More

अमेरिकी संसदले न्यूनतम ज्याला १५ डलर तोक्यो, सिनेट भने विपक्षमा

Posted on July 19, 2019 | views : 234 |

साउन ३, ऐजेन्सी  |  डेमोक्र्याटिक पार्टीको बर्चश्व रहेको अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स” ले संघीय न्यूनतम ज्याला सन् २०२५ सम्ममा प्रतिघण्टा १५ अमेरिकी डलर बनाउने सम्बन्धी विधेयक पारित गरेको छ । तर रिपब्लीकन पार्टीको बर्चश्व रहेको माथिल्लो सदन सिनेटले भने उक्त विधेयक पारित नगर

Read More

अस्ट्रियामा बिमान दुर्घटना

Posted on July 19, 2019 | views : 286 |

साउन ३, ऐजेन्सी |  अस्ट्रियाको पश्चिम टाइरोलमा बिहीबार एउटा सानो बिमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जर्मनीको सीमा नजिक हिमाली क्षेत्रमा बिमान ठोक्किएको प्रहरीले जनाएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार बिमानले समुद्र सतहबाट करिब २,३०० मिटरको उचाईमा रहेको हिमाली चट्टानमा ठक्कर दिएको

Read More

अमेरिकामा बेरोजगारी दर बढ्यो

Posted on July 19, 2019 | views : 307 |

साउन ३, ऐजेन्सी | संयुक्तराज्य अमेरिकामा गत साताको बेरोजगारी दरमा सामान्य बृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ । जुलाई १३ मा बेरोजगार भत्ताका लागि दाबी गर्ने अमेरिकीहरुको संख्या ८ हजारबाट वृद्धि भएर दुई लाख १६ हजार पुगेको छ । यसैबीच, अघिल्लो साताको तथ्याँकमा संशोधन गरी बेरोजगार भत्तामा दाबी गर्

Read More

जापानी दूतावास बाहिर कोरियाली वृद्धले गरे आत्महत्या

Posted on July 19, 2019 | views : 272 |

साउन ३, (रासस-एएफपी)  | दक्षिण कोरियाको राजधानी सियोलस्थित जापानी राजदूतावास अघिल्तिर एक जना वृद्ध कोरियालीले आत्महत्या गरेका छन् । जापानसँग व्यापार तथा कुटनीतिक विवाद चर्किरहेकै बेला करिब ७० वर्षका एक कोरियाली वृद्धले आफैँलाई आगो लगाएर आत्महत्या गरेका छन् ।  कोरियाली प्रहरीले जापानी राजदू

Read More

जापानको एनिमेसन स्टुडियोमा आगजनीको आशंका, २४ जनाको मृत्यु

Posted on July 18, 2019 | views : 233 |

साउन २, ऐजेन्सी |  जापानको क्योटो शहरमा रहेको एक भवनमा रहेको एनिमेसन स्टुडियोमा बिहीबार गरिएको संदिग्ध आगजनीमा परी कम्तीमा २४ जनाको मृत्यु हुनुको साथै अन्य दर्जनौँ घाइते भएका छन् ।  सो कम्पनीमा भएको भीषण आगआगी योजनाबद्ध रुपमा गरिएको प्रहरीको भनाइ छ । यस आगजनीको कारण प्रष्ट भइनसकेकाे प्रहरी

Read More

भारतले चन्द्रयान सोमबार प्रक्षेपण गर्ने

Posted on July 18, 2019 | views : 185 |

साउन २, नयां दिल्ली  | भारतले आगामी सोमबार चन्द्रयान प्रक्षेपण गर्नेगरी नयाँ मिति घोषणा गरेको छ । गत साता प्रक्षेपणको पूर्वसन्ध्यामा इन्धन चुहिएका कारण अन्तिम समयमा चन्द्रयानको प्रक्षेपण स्थगित गरिएको थियो । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले आगामी सोमबार अपराह्न २ बजेर ४३ मिनेटमा चन्द

Read More

भियतनाममा माछा पोखरीमा डुबेर चार बालबालिकाको मृत्यु

Posted on July 18, 2019 | views : 194 |

 साउन २, ऐजेन्सी  | भियतनामको मध्य प्रान्त खान्ह होआमा बुधबार माछा पोखरीमा डुबेर चार बालबालिकाको मृत्यु भएको छ ।  स्थानीय सञ्चार माध्यमले बिहीबार उक्त जानकारी दिएका छन्  । खान्ह भिन्ह जिल्लामा रहेको यस पोखरीमा नुहाउन गएका तीन बालक र एक बालिका गहिरो खाल्डोमा डुबेका थिए । यी चार बा

Read More

संयुक्त राष्ट्र संघका एकजना शान्ति सैनिकको मृत्यु

Posted on July 17, 2019 | views : 649 |

साउन १, (रासस-सिन्ह्वा)  | सुडान र दक्षिण सुडानको विवादित सीमावर्ती नगर अबेईमा भएको आक्रमणमा एक जना शान्ति सैनिकको मृत्यु भएको छ । राष्ट्रसंघका प्रवक्ता फरहान हकले अबेईमा सोमबार घुम्न निस्केका दुई जना शान्ति सैनिकमाथि अज्ञात व्यक्तिले आक्रमण गरेको बताउनुभयो । गोली लागेका इथियोपियाका शान्ति सैनि

Read More

कारबाहीमा परी आठ तालिबान लडाकू मारिए

Posted on July 17, 2019 | views : 263 |

साउन १, (रासस-सिन्हवा)  | देशको दक्षिणी प्रान्त हेलमान्डमा अफगान सेनाले शुरु गरेको कारबाहीको क्रममा कम्तीमा आठ तालिबान लडाकू मारिएका सैनिक स्रोतले बुधबार जानकारी दिएको छ । हेलमान्ड प्रान्तको प्रायः अशान्त भइरहने जिल्ला कजाकीमा अफगान सेनाले गरेको हवाई र स्थलगत कारबाहीमा परी आठ लडाकू मारिनुको साथ

Read More

मुम्बाईमा भवन भत्किँदा पचास फसेको आशङ्का

Posted on July 16, 2019 | views : 375 |

असार ३१,  (रासस-सिन्हवा)  | भारतको मुम्बाई शहरमा रहेको एक चार तले भवन मङ्गलबार भत्किँदा यसको भग्नावशेषमा कम्तीमा ५० व्यक्ति फसेको आशङ्का गरिएको छ ।  स्थानीय अधिकारीहरुले उक्त जानकारी दिएका छन् ।  प्रहरी, उद्धारकर्ता र स्थानीयको सहयोगमा उद्धारकार्य जारी रहेको बताइएको छ । यस समाचार

Read More

पाकिस्तानी आकाश विदेशी बिमानका लागि खुला

Posted on July 16, 2019 | views : 322 |

असार ३१, (रासस-एएफपी)  |  पाकिस्तानले मंगलबार सबै प्रकारका नागरिक उडानहरुका लागि पाकिस्तानी हवाई क्षेत्र पुनः खुला गरेको छ ।  पाकिस्तान र भारतबीच उत्पन्न तनाबका कारण पाकिस्तानले भारत समेत सबै मुलुकका गैरसैनिक बिमानको पाकिस्तानी आकाश हुँदै उडानहरुमा प्रतिबन्ध लगाएको थियो । पाकिस्तानी न

Read More

युक्रेनमा हेलिकप्टर दुर्घटना, पाइलटको मृत्यु

Posted on July 16, 2019 | views : 266 |

असार  ३१, (रासस-सिन्ह्वा)  | युक्रेनको उत्तरपूर्वी सुमी क्षेत्रमा एमआई–२ हेलिकप्टर आइतबार दुर्घटना हुँदा हेलिकप्टरका पाइलटको मृत्यु भएको प्रहरीले जनाएको छ ।  युक्रेन सरकारले उक्त घटनाको अनुसन्धान अघि बढाएको छ ।  प्रहरी प्रवक्ता इल्भिरा बिगानोभाले दुर्घटनाको कारण अझै खुल्न बाँकी र

Read More

इन्डोनेसियामा शक्तिशाली भूकम्प

Posted on July 16, 2019 | views : 226 |

असार ३१, असार (रासस-सिन्ह्वा)  | इन्डोनेसियाको बालीमा मंगलबार बिहानै ६.० म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ । इन्डोनेसियाली भूगर्भ केन्द्रका अनुसार स्थानीय समय अनुसार बिहान ७ बजेर १८ मिनेटमा भूकम्प गएको थियो ।  तर सुनामीको चेतावनी दिइएको छैन । इन्डोनेसियाली भूगर्भ

Read More

चीनको जिडिपी वृद्धिदर ६.२ प्रतिशत

Posted on July 15, 2019 | views : 247 |

असार ३०, ऐजेन्सी | चीनको आर्थिक वृद्धि चालू आर्थिक वर्षको दोस्रो चौमासिक अवधिमा तीन दशकमै पहिलोपटक सबैभन्दा न्यून दरमा वृद्धि भएको छ । चिनियाँ सरकारी विवरण अनुसार अमेरिका–चीन व्यापार युद्ध तथा विश्वमै मागमा आएको मन्दीका कारण चीनको आर्थिक वृद्धिदर खुम्चिएको हो । चिनियाँ राष्ट्रिय तथ्याँक ब्यूरोका अनु

Read More

कंगोको गोमा शहरमा इबोला देखियो

Posted on July 15, 2019 | views : 229 |

असार ३०, ऐजेन्सी | प्रजातान्त्रिक जनगणतन्त्र कंगोको पूर्वी शहर गोमामा पहिलो पटक प्राणघातक इबोला संक्रमित व्यक्ति फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  बुटेम्बो शहरमा एक जना इबोला संक्रमित व्यक्तिसँग भेटघाट गरेर फर्किएका इसाई पादरीमा इबोला संक्रमण भएको पाइएको हो । इबोला–पोजेटिभ देखिएका उन

Read More