कपन आगलागीमा तीन जनाको मृत्यु

Posted on: 22 Sep, 2022

असोज ६, काठमाडौँ | कपनको राम मन्दिर नजिकै एउटा घरमा बुधबार आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । स्थानीय टंक घिसिङको घरमा अचानक आगो फैलिएको जनाइएको छ । घरको माथिल्लो तलामा रहेकाको भने उद्धार गरिएको छ ।


राम मन्दिरनजिकै रहेको ट्रेकिङ एजेन्सी कार्यालयमा रहेको अक्सिजन सिलिन्डर पड्किएर आगलागी भएको बताइएको छ । आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले पुष्टि गरे । उनका अनुसार मृतक पहिचान समाचार तयार पार्दासम्म हुन सकेको थिएन । घटनास्थल साँघुरो गल्ली भएका कारण दमकल जानसमेत अप्ठ्यारो हुने किसिमको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!