आजकै दिन : एलिजाबेथले पहिरिएकी थिइन् राजमुकुट

Posted on: 02 Jun, 2023

जेठ १९, काठमाडौँ | सन् १९५३ मा आजकै दिन (जुन २) मा बेलायती महारानी एलिजाबेथ द्वितीयले राजमुकुट ग्रहण गरेकी थिइन् । बेलायती सम्राटलाई उनको कार्यकालमा एकपटक मात्र राजमुकुट पहिराइन्छ । 


वर्तमान राजा चार्ल्स तृतीय उक्त राजमुकुट पहिरिने सातौं बेलायती शासक हुन् । २०२२ को सेप्टेम्बर ८ मा एलिजाबेथको मृत्युपछि उनका जेठा छोरा चार्ल्स तृतीय राजा बनेका हुन् । चार्ल्सभन्दा अघि चार्ल्स द्वितीय, जेम्स द्वितीय, विलियम तृतीय, जर्ज पञ्चम, जर्ज छैटौं अनि एलिजाबेथ द्वितीयाले यो मुकुट पहिरिएका थिए ।

राजा जर्ज छैटौंको निधन भएपछि एलिजाबेथ द्वितीय १९५२ फेब्रुअरी ६ मा बेलायतकी महारानी भएकी थिइन् । १९२६ को अप्रिल २१ जन्मिएकी एलिजाबेथले २६ वर्षको उमेरमा सिंहासन सम्हालेकी थिइन् ।

सात दशकसम्म एकछत्र गद्दीमा रहेकी एलिजाबेथ बेलायतको इतिहासमै सबैभन्दा लामो समयसम्म राजगद्दीमा रहने राष्ट्राध्यक्ष हुन् । उनी बेलायतलगायत १४ वटा मुलुकको राष्ट्रप्रमुख थिइन् । जीवनकालमा थुप्रै उतारचढाव सामना गरेकी एलिजाबेथले विभिन्न रेकर्ड पनि कायम गरेकी थिइन् ।

एक सय २० देशको भ्रमण गरेकी एलिजाबेथले १६ लाख किलोमिटरभन्दा बढी यात्रा गरेकी थिइन् । उनी संसारमै सबैभन्दा धेरै फोटो खिचाउने व्यक्तिमध्येमा पर्छिन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!