बनगाड कुपिण्डे नगरपालिका द्धारा व्यवसाय दर्ता गर्ने अनुरोध

Posted on: 17 Jun, 2018

असार ३, सल्यान | बनगाड कुपिण्डे नगरपालिका द्धारा सम्पुर्ण व्यवसायीहरुलाइ असार मसान्तसम्म नगरपालिकाको कार्यालयमा आफ्नो व्यवसाय दर्ता गर्ने अनुरोध गरेको छ । 

आज साझ नगरपालिकाको मुख्य व्यापारी केन्द्र सल्लीबजारमा नगर प्रमुख गोविन्द कुमार पुन, लगाएत वडा अध्यक्षहरु र नगरपालिकाका सम्पुर्ण कर्मचारीहरुको सयुक्त टोलिले व्यवासाय दर्ता गरौं, राजस्वको दायरा बढौ, स्थानीय तहको नियम पालना गरौं, सभ्य नागरिकको परिचय दियौं र घरबाल कर तिरौ लगाएत जस्ता नारा लगाउदै  हातमा पेलकार्ड बोकेर बजार परिक्रमा गर्दै यस्तो निर्देशन दिएको हो । 

नगर प्रमुख पुनले सम्पुर्ण व्यापारीहरुलाइ आआफ्नो व्यापार व्यवासाय दर्ता गरेर नगरको विकासमा सहयोग गर्ने अनुरोध गर्नु भएको छ । मुख्य व्यापारी केन्द्र सल्लीबजार लगाएत १२ वटा वडाका सम्पुर्ण व्यापारीहरुलाइ पनि छिटोभन्दा छिटो नगरमा आएर व्यवासाय दर्ता गर्न अनुरोध गर्नु भएको छ । साथै एक महिना भित्र व्यवासय दर्ता नगरेमा अर्को आर्थिक वर्ष देखि थप  जरिवाना सहित शुल्क लाग्ने पनि बताउनु भएको छ । 

केही व्यापारीहरुले नगरले पटकपटक दिएको निर्देश उल्घन गर्दै सडक अतिक्रमण गरेर व्यापार गरेका कारण तत्काल हटाउन अनुरोध गर्नु भएको छ । यदि अब पनि नहटाएमा नगरले कार्बाहिको प्रक्रिया अगाडि बढाउने जानकारी समेत दिनु भएको छ । अहिले सम्म नगरपालिकामा कुनै पनि व्यवसाय दर्ता भएका छैनन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!