बनगाड कुपिण्डे नगरपालिकामा दशै अगाडि नै सडक मर्मत गरिने

Posted on: 02 Oct, 2018

असोज १६ सल्यान ।सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले  मोटर बाटाहरुको मर्मत कार्य सुरु गरेको छ । वर्षातको समयमा विग्रीएका प्रमुख तथा ग्रामीण कृषि  मोटर बाटाहरुको मर्मत कार्य सुरु गर्न लागिएको हो । विशेष गरी वर्षातको समयमा खसेका पहिरा तथा खाल्टा खुल्टी पुर्ने काम सुरु भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिका अन्तर्गतका १२ वटै वडामा  ३२ वटा बिग्रेका ग्रामीण तथा प्रमुख सडकहरु दशैं अगाडी नै खुलाउने उद्देश्यले काम भइ राखेको नगरपालिका उपप्रमुख मन्जु यरिले जानकारी दिइन । हामीले काम सुरु गरिसक्यौं, दशै अगाडि नै सम्पूर्ण प्रमुख तथा ग्रामीण सडक बाटाहरु पूर्णरुपमा मर्मत गरिनेछ । उप प्रमुख यरिले बताइन्  । 

विशेष गरि वर्षाको समयमा सल्लीबजार औलबेशी बामे सडक र सल्लीबजार मैदुपोखरी सडक बाहेक अन्य नगरपालिकाका सम्पुर्ण सडक अबरुद्ध छन । 

उप प्रमुख मन्जु यरिको अध्यक्षता बिहिवार बसेको बैठकले नगरपालिकाको १२ वटै वडाको ३२ वटा सडक जेसिबि र डोजर लाएर सुचारु गर्ने निर्णय गरेको उप प्रमुख यरिले जानकारी दिइन ।  

दशै अगाडि नै  सम्पूर्ण सडकहरु मर्मत भई सडकहरुमा सहजै गाडी मोटर सुचारु भएपछि ती सडक प्रयोग कर्ता तथा आम स्थानीयवासीहरुलाई आवत जावतमा सहज हुने नगरपालिकाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!