अवरुद्ध दशरथचन्द राजमार्ग सञ्चालनमा

Posted on: 19 Jan, 2020

माघ ५, डडेल्धुरा | अमरगढी नगरपालिका–६ को भालुमारेमा आइतबार बिहानदेखि पहिरोका कारण अवरुद्ध बनेको सडक सञ्चालनमा आएको छ | 

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका साथै स्काभेटरको सहायतामा अवरुद्ध बनेको राजमार्गको पहिरो सफा गरेर यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

आज बिहानदेखि नै पहिराका कारण दशरथचन्द राजमार्गमा अवरुद्ध भएको थियो। सडकमा पहिरोसँगै रुख ढलेपछि दशरथचन्द राजमार्गमा यातायात सेवा अवरुद्ध बनेको थियो।

पहिरो हटाइएपछि बैतडी, बझाङ र दार्चुलाबाट आउने तथा जाने सवारी साधन गन्तव्यतर्फ लागेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!